सुदूरपश्चिम प्रदेशको खेलकुद इतिहासमा एउटा नयाँ अध्यायको सूत्रपात गर्दै शुक्लाफाँटा नगरपालिका-७ का प्रखर एवं ऊर्जावान् व्यक्तित्व ज्ञानेन्द्र बहादुर सिंह कञ्चनपुर...
बझाङ अटो दुर्घटना : एकै परिवारका चार जनाको शव परीक्षणपछि घर पुर्याइयो
2
महाकाली कोरिडोरको ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी, १४ अर्ब बजेट अभाव खबर प्रकाशितः २०८३ मंसिर ३, बुधबार दार्चुला । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको महाकाली कोरिडोरको ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न अझै बाँकी रहेको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको चीनसँग जोडिएको तिङ्कर भञ्ज्याङसम्म निर्माण भइरहेको ४१३ किलोमिटर लामो कोरिडोरको हालसम्म २८८.५ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर सडक योजना कार्यालयका प्रमुख ईश्वर कार्कीका अनुसार कोरिडोर निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ। तर, हालसम्म चार अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। आयोजना सम्पन्न गर्न अझै १४ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले बताए। आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु भएको कोरिडोरको कुल लम्बाइमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलाको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। योजनाअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुराको ५८ किलोमिटरमध्ये ३२ किलोमिटर, बैतडीको १४४ किलोमिटरमध्ये १४१.५ किलोमिटर र दार्चुलाको १२१ किलोमिटरमध्ये १०४ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। अब डडेलधुरामा २६ किलोमिटर, बैतडीमा २.५ किलोमिटर र दार्चुलामा १७ किलोमिटर गरी कुल ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको प्रमुख कार्कीले जानकारी दिए। चालु आर्थिक वर्ष २०८३/८४ मा १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने र १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। तर, विभिन्न ठेक्काबापतको एक अर्ब रुपैयाँ दायित्व भुक्तानी गर्न बाँकी रहेको उनले बताए। कार्कीका अनुसार चालु आर्थिक वर्षमा विनियोजित ३९ करोड ४० लाख रुपैयाँबाट पुरानो दायित्व भुक्तानी गरिनेछ। पर्याप्त बजेट अभावका कारण आयोजना सम्पन्न हुने समयसीमा तोक्न सकिने अवस्था नरहेको उनको भनाइ छ। यसैबीच, महाकाली कोरिडोरअन्तर्गत ट्र्याक खोलिएको २८८.५ किलोमिटर सडकमा सवारीसाधन सञ्चालन भइरहेका छन्। वर्षायाममा केही स्थानमा पहिरो खस्ने समस्या भए पनि अधिकांश क्षेत्रमा सवारीसाधन सहज रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको कार्कीले बताए। नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर सडकमध्ये आर्थिक वर्ष २०८१/८२ सम्म २० किलोमिटरको ट्र्याक खोलिएको छ। त्यसमध्ये १२ किलोमिटर सडकमा दुम्लिङ गाउँसम्म सवारीसाधन सञ्चालन गर्न सकिने बनाइएको छ। महाकाली कोरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर र चमेलिया हुँदै दार्चुलाका लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा–तुसारपानीसम्म सडक निर्माण भइरहेको छ। कोरिडोर निर्माण सम्पन्न भएपछि चीनसँग जोडिएको तिङ्कर नाकासम्म सडक सञ्जाल विस्तार हुनेछ। यसले नेपाल–चीनबीचको आवागमन सहज बनाउनुका साथै सीमावर्ती क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
3
कञ्चनपुरका युवा उद्यमीको एक करोड बढीको लगानीमा ‘कैलाश डेकोर’ अर्डर अनुसारको डेलिभरीको समेत व्यवस्था
4
सुदूरपश्चिममा १०औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट सुरु, २ हजार बढी खेलाडी प्रतिस्पर्धामा
5
बर्दिया राष्ट्रिय निकुञ्ज घुम्नुअघि जान्नुहोस् प्रवेश शुल्क, जीप सफारी र स्थानीयलाई दिइने सुविधा
सुदूरपश्चिम प्रदेशको खेलकुद इतिहासमा एउटा नयाँ अध्यायको सूत्रपात गर्दै शुक्लाफाँटा नगरपालिका-७ का प्रखर एवं ऊर्जावान् व्यक्तित्व ज्ञानेन्द्र बहादुर सिंह कञ्चनपुर...