June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

धनगढीमा संयुक्त सवारी छ्ड्के अनुगमन ३४ सवारी कारबाहीमा

  • धनगढीमा संयुक्त सवारी अनुगमन, ३४ सवारी कारबाहीमा
    धनगढी, कैलाली — आज मिति २०८३ वैशाख ११ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म यातायात व्यवस्था कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको संयुक्त पहलमा सवारी अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ।
    सुदूरपश्चिम प्रदेश यातायात तथा सवारी व्यवस्था नियमावली, २०८० को दफा ७५ अनुसार धनगढी–अत्तरिया राजमार्ग अन्तर्गत कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं. ५ स्थित गेटा चेकपोस्टमा छड्के अनुगमन गरिएको हो।
    अनुगमनका क्रममा सवारी साधनको प्रयोग उद्देश्यअनुसार भए/नभएको, दर्ता तथा अनुमति सम्बन्धी कागजात, सवारी चालक अनुमतिपत्र, जाँचपास, मार्ग इजाजत नवीकरण, साथै सवारीमा गरिएको संरचनात्मक परिवर्तन र तोकिएभन्दा बढी यात्रु वा मालसामान बोकेको विषयमा विशेष जाँच गरिएको थियो।
    अनुगमनका क्रममा देखिएका उल्लंघनका आधारमा सुदूरपश्चिम प्रदेश यातायात तथा सवारी व्यवस्था ऐन, २०७९ अनुसार कारबाही गर्दै न्यूनतम रु. १,५०० देखि रु. ७,००० सम्म जरिवाना गरिएको छ।
    आजको अनुगमनमा जम्मा १६८ वटा सवारी साधन जाँच गरिएकोमा ३४ वटा सवारीलाई कारबाही गर्दै कुल रु. ९९,५०० जरिवाना संकलन भएको सम्बन्धित निकायले जनाएको छ।

The post धनगढीमा संयुक्त सवारी छ्ड्के अनुगमन ३४ सवारी कारबाहीमा appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.