August 9, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

बैतडी–दार्चुला एकता समाज गेटाको साधारण सभा तथा अधिवेशन सम्पन्न, भरत बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति

बैतडी–दार्चुला एकता समाज गेटाको साधारण सभा तथा अधिवेशन सम्पन्न, भरत बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति
धनगढी । बैतडी–दार्चुला एकता समाज गेटाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। समाजको साधारण सभा तथा अधिवेशनसँगै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका–५ का वडा अध्यक्ष सुद्दीराम चौधरी रहेका थिए। कार्यक्रममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) र लेखा क्षेत्रका विज्ञ भीमबहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि लोकराज पाण्डेले बैतडी–दार्चुला एकता समाजले आयोजना गरेको रक्तदान कार्यक्रम महत्वपूर्ण सामाजिक कार्य भएको बताए। उनले समाज बैतडी–दार्चुलाका नागरिकलाई संगठित गर्ने संस्था भए पनि समाजका सदस्यहरूले विगतदेखि नै जात, क्षेत्र र जिल्ला नहेरी विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको इतिहास स्मरण गरे। उनले रक्तदानबाट संकलित रगत देशका ७७ वटै जिल्लाका नागरिकलाई आवश्यक पर्दा उपयोगी हुने धारणा व्यक्त गरे।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र धामी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिघराज भट्ट, निवर्तमान अध्यक्ष कर्णसिंह बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
१७४ जनाको सहभागिता रहेको कार्यक्रममा समाजमा योगदान पुर्‍याएका ज्येष्ठ नागरिक तथा कला, संस्कृति र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन समाजका सचिव अमर बिष्टले गरेका थिए।
यसैबीच अधिवेशनले भरत बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.