चौमाला बहुमुखी क्याम्पसमा बीमा शिक्षा तथा सचेतना कार्यक्रम
अत्तरिया । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिकोत्सवको अवसरमा अत्तरिया शाखाको आयोजनामा चौमाला बहुमुखी क्याम्पसमा बीमा शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई बीमाको आवश्यकता, महत्व, फाइदा तथा भविष्यमा बीमाले निर्वाह गर्ने भूमिकाका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, जीवन बीमाले आर्थिक जोखिम न्यूनीकरण तथा भविष्यको वित्तीय सुरक्षामा पुर्याउने योगदानबारे समेत सचेत गराइएको थियो।
कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्स अत्तरिया शाखा प्रमुख लक्ष्मण महता र प्रदेश कोअर्डिनेटर किशोर कुमार मल्लको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा आयोजित यस्ता बीमा शिक्षा तथा सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवामाझ बीमासम्बन्धी ज्ञान अभिवृद्धि गर्दै बीमाप्रति सकारात्मक धारणा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। स्नातकोत्तर पढ्दै गरेका लागभग ४७ जना उक्त कार्यक्रम मा सहभागी भएका थिए ।
