September 15, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

ईभीको ठक्करबाट घाइते ६१ वर्षीय चौधरीको मृत्यु

राजापुर, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–४ मा ईभी गाडीको ठक्करबाट घाइते भएका ६१ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ।
राजापुर–४ स्थित चार्जिङ स्टेसनबाट शुभकामना यातायात प्रालिको भे १ ज १८६८ नम्बरको ईभी चालक तिलक शर्माले ब्याक गरी बाहिर निकाल्ने क्रममा सडकमा रहेका चौधरीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते चौधरीको राजापुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो। नेपालगन्जतर्फ लैजाने क्रममा/उपचारका क्रममा २०८३/०५/२८ गते घाइते भएका  चौधरी को  मृत्यु भएको जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार बाहिरी सामान्य चोट देखिए पनि भित्री चोट का कारण मिर्त्यु भएको अनुमान गरिएको छ ।चार्जिङ स्टेसन बाट  गाडी ब्याक गर्ने क्रममा  दुर्घटना भएको प्रारम्भिक जानकारी छ।

The post ईभीको ठक्करबाट घाइते ६१ वर्षीय चौधरीको मृत्यु appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.