दोस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर: लालझाडी गाउँपालिकामा दोस्रो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता २०८० को आईतवार उद्घाटन गरिएको छ। उद्घाटन समारोहको कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले कार्यक्रमको उद्घाटन गरेका थिए।

लालझाडी गाउँ खेलकुद समितिद्वारा आयोजित कार्यक्रममा सभापति लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना , प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, बिशिस्ट अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, अतिथिमा लालझाडी गाउँपालिका का विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा विजेताले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ , उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र ,उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार दिईने लालझाडी गाउँ खेलकुद समितीका अध्यक्ष प्रकाश रानाले बताए।

त्यस्तै उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता लाई रु ५/५ हजार,उत्कृष्ट खेलाडी लाई ५ हजार यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार १ सय पुरस्कार दिईने छ।

फुटबल प्रतियोगिता हिजो आईतवार मंसिर ३ गते देखि मंसिर १६ गते समापन हुने आयोजक कमिटीले जनाएको छ। कार्यक्रममा २४ वटा टिमले सहभागिता रहेका छ्न। कार्यक्रमको उदघाटन खेल लालझाडी गाउँ पालिकाका कर्मचारी टिम र पुनर्वास भेट्रान क्लब बिच भएको थियोे। जसमा लालझाडी गाउँपालिकाका कर्मचारी टिम लाई पुनर्वास भेट्रान क्लबले २ गोल विरुद्ध ३ गोल गर्दै टिम लाई पराजित गराएको छ। प्रतियोगिता लालझाडी ०२ कञ्जको खेलमैदानमा सञ्चालन भईरहेको छ।

Facebook Comments Box