‘बैजनाथ ग्रामीण विद्युत’को १६ औं साधारण सभा सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंकमा रहेको श्री बैजनाथ ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड को १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभा कार्यक्रम संस्थाका अध्यक्ष नरेन्द्र पाल को अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथिमा कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, विशिष्ट अतिथिमा उदय सरस्वती बहुमुखी क्याम्पसका प्रमुख जगदीश सेट्टी, समाजसेवी वीर बहादुर चन्द लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथिका रुपमा बोल्दै वडा अध्यक्ष साउदले भने” कृष्णपुर ०२ का विद्युत सहकारी मध्ये यस विद्युत सहकारीले एकदमै उत्कृष्ट कार्य सम्पादन गरेको छ। तर आफू निर्वाचित भएर आएपछी कयौ पटक उपभोक्ताहरु विद्युत महशुल दर बढी भयो भन्दै वडा कार्यालय सम्म पुगेका छन्”।

बैजनाथ ग्रामीण विद्युत सहकारीमा हालसम्म ६६२ उपभोक्ता रहेका छन्। साधारण सभामा विविध विषयमा अन्तरक्रिया गरिएको छ। उपभोक्ता बाट उठेका प्रश्नमा अध्यक्ष पालले जवाफ दिएका थिए भने उद्घाटन समारोह सञ्चालन दिपेन्द्र पालले गरेका थिए।

 

Facebook Comments Box