कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिह साउदलाई आज नेकपा एमाले कृष्णपुर वडा नं. २ कमिटी ले १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष कमल सिह पाण्डेयद्धारा हस्ताक्षरित पत्रमा वडाबासीलाई सुचनाको हक, विभिन्न कार्यक्रमका विवरण, वडा समिति बैठकले गरेका निर्णय, योजना सम्पन्न पश्चात् सार्वजनिक सुनुवाइ सम्बन्धमा सुचना माग गरिएको छ।

लेखित जबाफ सहित सुचनाहरु १५ दिनभित्र उपलब्ध गराउन आग्रह गरिएको नेकपा एमाले वडा कमिटीले जनाएको छ। सुचनाहरु उपलब्ध नभए कडा संघर्ष गर्ने चेतावनी समेत पत्रमा उल्लेख छ।