July 9, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कैलालीमा सार्वजनिक यातायातका चालक–परिचालकलाई पहिचान जर्सी वितरण

  1. कैलाली, असार २५। कैलाली जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातका चालक, सहचालक तथा परिचालकलाई पहिचानसहितको जर्सी वितरण गरिएको छ।
    संयुक्त यातायात व्यवस्थापनको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की प्रमुख अतिथि तथा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटा सभापतिका रूपमा सहभागी थिए।
    कार्यक्रममा वक्ताहरूले पहिचान जर्सीले चालक, सहचालक र परिचालकको स्पष्ट पहिचान हुने, यात्रुले सेवा दिने कर्मचारी सजिलै चिन्ने, गुनासो तथा सुझाव दिन सहज हुने र सार्वजनिक यातायातलाई थप सुरक्षित, व्यवस्थित तथा यात्रुमैत्री बनाउन सहयोग पुग्ने बताएका छन्।
    सभापति पदमराज सापकोटाले पहिचान पोशाकले दलाली, ठगी तथा अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यातायात क्षेत्रलाई अझ अनुशासित, प्रविधिमैत्री र सेवामुखी बनाउने अभियानलाई निरन्तरता दिइने बताए।
    कार्यक्रमको सञ्चालन सुन्दर सुदूरपश्चिम यातायात प्रालिका महासचिव सुरेन्द्र

Copyright © All rights reserved. | Newsphere by AF themes.