ली-बर्ड संस्थाको सक्षम परियोजनाले आत्मनिर्भर बन्दै कृष्णपुरका स्थानीय किसान

कञ्चनपुर: जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानिय पहल(ली-बर्ड) संस्थाको सहयोगमा कृष्णपुरका स्थानिय किसानहरु कृषि पेसामा आत्मनिर्भर बनिरहेका छन्। हाल ली-बर्डले कृष्णपुरका ५ वडाहरुमा परियोजना सञ्चालन गरिरहेको छ। कृष्णपुर १,२,४,५,९ मा ली-बर्डले कार्यक्रम गरिरहेको छ। मुक्त कमैया, दलित, एकल महिला, विपन्न परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालित रहेको छ। फेल्म नेपाल मार्फत फिनल्यान्ड सरकारको परराष्ट मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित (समानुपातिक जीविकोपार्जन का लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम(सक्षम) परियोजना अन्तर्गत असल अभ्यास र प्रविधिहरुको विस्तारका लागि स्थानीय सरकार र अध्ययन अनुसन्धान तथा शिक्षण संस्थाहरुको फिल्ड भ्रमण कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ।

फिल्ड भ्रमणका क्रममा मंगलबार कृष्णपुर-२ मुक्तकमैया शिविर जय फुलबारी कृषि सहकारी संस्था लिमिटेड संगको सहकार्यमा ली-बर्डले बीउ बैक स्थापन, थारु आलु, रैथाने बाली बीउ संकलन डिस्पेले चाट बक्स निर्माण गरेको छ। त्यस्तै नखनेरै आलु खेती अभ्यास, घर बगैचा, मिश्रित बाली पद्धति, स्मार्ट भिलेज अबलोकन, शोलार सिचाई, खोर सुधार लगायतका मुक्तकमैया परिवारको जिविलोपार्जन सुधार सम्बन्धि कार्यक्रम फिल्ड भ्रमण भएको छ।

फिल्ड भ्रमणमा कृष्णपुर नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत/ पशु शाखा प्रमुख मान बहादुर के सी, कृषि शाखा प्रमुख लाल बहादुर धामी, सुचना अधिकृत विपद फोकल पर्सन प्रेम बोगटी, वडा सदस्य, जय फुलबारी कृषि समुहका अध्यक्ष जित बहादुर चौधरी, व्यवस्थापक शोभा खुना, ली-वर्डका कञ्चनपुर कार्यक्रम अधिकृत दिव्या जोशी, समाजिक परिचालक लक्ष्मी चौधरी, गायत्री ऐडी, कृष्णपुरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक शिक्षक, किसान लगायतको सहभागीता देखिएको थियो।

परिवारको दैनिक आवश्यकता परिपुर्ति गर्ने उदेश्यले तरकारी, फलफुल, डालेघार, जडीबुटी लगायत कृषि गरि घर बगैचा गरिरहेकी कृष्णपुर नगरपालिका वडा नं. ५ मोहना शिविर(मुक्तकमैया बस्ती) मा बस्ने सीता चौधरीले ली-बर्डको सहयोगमा नयाँ नयाँ प्रविधि थाहा पाएको, प्रविधि को प्रयोगमा कसरी कृषिमा आत्मनिर्भर बनेको र कृषिमा लगानी समेत गरेको साथै टमाटर खेती गरि राम्रो आम्दानी हुने गरेको बताएकी छिन्। गोठ सुधार, मिश्रित खेतीमा लि-बर्डले सहयोग गरिरहेको समेत महिला किसान चौधरी बताउछिन्।

ली-बर्डले सिमान्कृत घरधुरी मुक्तकमैया, मुक्तहलिया, एकल महिला, अपांगता भएका व्यक्तिको जिविकोपार्जनको लागि सहयोग गरेको, स्थानीय किसानहरुले गरेका असल अभ्यास, किसानहरुका क्रियाकलाप, जलवायु परिवर्तन सम्बन्धि विद्यालयको पाठ्यसामग्रीमा समाबेश गराउनका लागि प्रधानाध्यापकलाई फिल्ड भ्रमण गराएको साथै जलवायु परिवर्तन जोखिम न्यूनीकरणका लागि किसानहरुलाई प्रविधी मैत्री सिकाई सम्बन्धि तालिम दिईरहको ली-बर्ड कञ्चनपुर सक्षम परियोजना कार्यक्रम अधिकृत दिव्या जोशीले बताएकी छिन्।

ली-बर्डले गर्दा कृष्णपुर ५ का ४२ घरधुरी(परिवार) लाभान्वित रहेका छन्। जलवायु मैत्री नमुना कृषि गाउँ समेत फिल्ड भ्रमण गरिएको थियो। कृष्णपुरमा किसान ली-बर्डको सहयोगमा आत्मनिर्भर बनिरहेका छन्। प्रगती/कोपिला लगायतका कृषक समुहका किसानहरू ली-बर्डको सहयोग पश्चात् जिविकोपार्जनमा निकै सहज भएको, परिवारको घरखर्चको जोहो भएको बताउछन।

Facebook Comments Box