धनगढीमा डोरेमिफा किड्स सिजन–२ सम्पन्न, कोरस तामाङ बने विजेता
DOREMIFA Kids Singing Competition सिजन–२ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न
धनगढी। सुदूरपश्चिममा बाल प्रतिभाहरूको सांगीतिक भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको डोरेमिफा किड्स सिङ्गिङ कम्पिटिसन सिजन–२ को ग्रान्ड फिनाले धनगढीस्थित सुभश्री पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
Dhir Music & Production House द्वारा सिर्जना गरिएको प्रतियोगिताको फर्म्याटमा सम्पन्न कार्यक्रमको टाइटल स्पोन्सर Raaz Mediaz House, Powered by Lekali Electronics Hub तथा Co-powered by Zero To Ten Dhangadhi रहेका थिए।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट छनोट भएका उत्कृष्ट १० प्रतियोगी बीच भएको कडा प्रतिस्पर्धापछि निर्णायकहरूको निष्पक्ष मूल्याङ्कनका आधारमा New Vision English Boarding School का कोरस तामाङ विजेता घोषित भए। उनले नगद रु. १ लाख, ट्रफी, प्रमाणपत्र तथा अन्य आकर्षक पुरस्कार प्राप्त गरे।
Aristo School का स्वर्णिम बुढाथोकी प्रथम रनर–अप बन्दै रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए भने Discovery Secondary English Boarding School की एन्जेल चौधरी द्वितीय रनर–अप घोषित हुँदै रु. २५ हजार नगद पुरस्कारसहित सम्मानित भइन्।
ग्रान्ड फिनालेमा पुगेका उत्कृष्ट १० प्रतियोगीहरूमा जेनिस बिष्ट, राजेश रोकाया, आयान्श मल्ल, इयान विक्रम धामी, कोरस तामाङ, सन्दीप चौधरी, कावेरी बटाला, प्रतीक्षा तिमिल्सेना, एन्जेल चौधरी र स्वर्णिम बुढाथोकी रहेका थिए। सबै प्रतियोगीहरूले उत्कृष्ट गायन प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका थिए।
कार्यक्रमको अर्को विशेष आकर्षण सिजन–१ का लोकप्रिय प्रतियोगीहरूको विशेष प्रस्तुति रह्यो। सिजन–१ विजेता श्लोक खड्का, दोस्रो रनर–अप चन्द्रकुमारी जोशी तथा दीक्षा मल्ल ले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै दर्शकबाट ठूलो प्रशंसा बटुले।
यसैगरी Balmiki International School का The Ekoz Band को दमदार लाइभ प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो।
प्रतियोगिताको निष्पक्षता कायम गर्न निर्णायक सनम परियार, सक्रिय मोहरा र कृष्ण पाण्डेय ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनीहरूले प्रत्येक प्रतियोगीको स्वर, प्रस्तुति, ताल–लय, आत्मविश्वास तथा समग्र प्रदर्शनको आधारमा निष्पक्ष मूल्याङ्कन गरेका थिए।
कार्यक्रमलाई सुरुदेखि ग्रान्ड फिनालेसम्म सफल बनाउन NC & Bhai Haru (नारायण एन्ड भाइहरू ब्यान्ड) को योगदान पनि उल्लेखनीय रह्यो। उनीहरूको प्रत्यक्ष सांगीतिक साथले प्रत्येक प्रस्तुतिलाई अझ जीवन्त र प्रभावशाली बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै Dhir Music & Production House का प्रमुख कार्यकारी अधिकृत धीर विक्रम सिंह ले दोस्रो सिजनलाई निष्पक्ष, पारदर्शी र सफल बनाउन सम्पूर्ण टोलीले अथक मेहनत गरेको बताउँदै सबै प्रतियोगी, अभिभावक, निर्णायक, प्रायोजक तथा दर्शकप्रति आभार व्यक्त गरे।
त्यसैगरी Raaz Mediaz House का प्रमुख कार्यकारी अधिकृत आदित्य विक्रम क्षेत्री ले डोरेमिफा किड्स सिङ्गिङ कम्पिटिसनलाई सुदूरपश्चिमका प्रत्येक जिल्लासम्म विस्तार गर्ने लक्ष्य रहेको बताउँदै यस्ता कार्यक्रमले गाउँ–गाउँमा रहेका प्रतिभाशाली बालबालिकालाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
Lekali Electronics Hub का अध्यक्ष विक्रम बोहरा ले यो अभियान केवल सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभामूलक कार्यक्रमलाई संस्थाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अभिभावक, कलाकार, विभिन्न विद्यालयका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा सयौं संगीतप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सफल दोस्रो संस्करणसँगै आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ भव्य, व्यवस्थित तथा सुदूरपश्चिमका सबै जिल्लामा विस्तार गर्ने योजना सार्वजनिक गरेका छन्।
डोरेमिफा किड्स सिङ्गिङ कम्पिटिसन ले बाल प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा सशक्त मञ्चका रूपमा स्थापित हुँदै सुदूरपश्चिमको सांगीतिक भविष्यलाई थप उज्ज्वल बनाउने विश्वास लिइएको छ।
