July 21, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दैजी–जोगबुढा सडक निर्माण तथा मर्मत कार्यको स्थलगत अनुगमन सम्पन्न 🚧

 

दैजी–जोगबुढा सडक अन्तर्गत जिरो प्वाइन्टदेखि लिप्नापानी ढालसम्मको सडक निर्माण तथा मर्मत कार्यलाई गुणस्तरीय, दिगो र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले सरोकारवाला निकायहरूको संयुक्त स्थलगत अनुगमन सम्पन्न गरिएको छ।

अनुगमनमा वेदकोट नगरपालिकाका नगर प्रमुख श्री भोजराज बोहरा, वडा नं. २ का अध्यक्ष श्री नरेश बहादुर सिंह, वडा नं. ३ का अध्यक्ष श्री मोहन बहादुर गुर्धामी, वडा नं. ४ का अध्यक्ष श्री नरेन्द्र बहादुर बोहरा, वडा नं. ४ का वडा सदस्य श्री अमर बहादुर बोहरा, डिभिजन सडक कार्यालय कञ्चनपुरका डिभिजन इन्जिनियर, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख तथा समाजसेवी श्री तेज ठकुल्ला लगायतको सहभागिता रहेको थियो।

स्थलगत अनुगमनका क्रममा सडक निर्माण तथा मर्मत कार्यलाई निर्धारित मापदण्डअनुसार गुणस्तरीय र समयमै सम्पन्न गर्न आवश्यक निर्देशन, सुझाव तथा समन्वयका विषयमा छलफल गरिएको थियो। साथै स्थानीय नागरिकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने लक्ष्यका साथ सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

🛣️ समृद्ध पूर्वाधार, सुरक्षित यात्रा र समुन्नत वेदकोट निर्माणतर्फ अर्को महत्वपूर्ण कदम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.