October 9, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

लालझाडीमा फेरिए प्रशासकीय अधिकृत: राजबहादुर सार्की बिदाइ, हिमाल डंगौराको स्वागत

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा हालै एक कार्यक्रमको आयोजना गरी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीलाई बिदाइ तथा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हिमाल डंगौरालाई स्वागत गरिएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त स्वागत तथा बिदाइ समारोहमा उपस्थित जनप्रतिनिधि र कर्मचारीहरूले सार्कीको कार्यकालको उच्च प्रशंसा गर्दै उनीप्रतिको सम्मान प्रकट गरेका थिए।

​कार्यक्रममा वक्ताहरूले निवर्तमान अधिकृत सार्कीले आफ्नो कार्यकालमा स्थानीय तहको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन, प्रशासनिक व्यवस्थापन सम्हाल्न तथा जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर समन्वय कायम गर्न निर्वाह गरेको भूमिकाको स्मरण गरेका थिए। गाउँपालिकाको विकास र प्रशासनिक सुशासनमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सबैले उनको आगामी दिनको कार्यकाल अझै सफल हुने कामनासहित विदा गरेका थिए।

​यसैबीच, लालझाडी गाउँपालिकामा नयाँ प्रशासकीय प्रमुखका रूपमा हाजिर हुन आउनुभएका हिमाल डंगौरालाई भव्य रूपमा स्वागत गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

​नवनियुक्त अधिकृत डंगौरालाई स्वागत गर्दै स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले आगामी दिनमा गाउँपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी, जनमुखी र पारदर्शी बनाउन उहाँको नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्। जवाफमा डंगौराले गाउँपालिकाको समग्र विकास र नागरिकलाई सहज सेवा उपलब्ध गराउन सबै पक्षसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

The post लालझाडीमा फेरिए प्रशासकीय अधिकृत: राजबहादुर सार्की बिदाइ, हिमाल डंगौराको स्वागत appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.