June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट २०४ मतको मतान्तर सहित पुनः निर्वाचित

कैलाली: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुनः निर्वाचित भएका छन्। सोमबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको चुनावी प्रतिस्पर्धामा विष्टले आफ्नो दोस्रो कार्यकालका लागि नेतृत्व सुरक्षित गर्न सफल भएका हुन्।

​निर्वाचनमा इन्जिनियर प्रकाश विष्टले प्रतिनिधिभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै नेतृत्व दोहोर्‍याएका हुन्। निर्वाचन परिणामअनुसार विष्टले कुल ३५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी धामीले १५४ मत मात्रै पाएका छन्। विष्टले धामीलाई २०४ मतको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व पुन: आफ्नो हातमा पारेका हुन्।

​यो विजयसँगै विष्टले आगामी कार्यकालमा सुदूरपश्चिम प्रदेशमा रास्वपाको संगठन विस्तार र सुदृढीकरणलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

The post रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट २०४ मतको मतान्तर सहित पुनः निर्वाचित appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.