कक्षा १२ को नतिजामा उदय मा.वि.की बिमला कृष्णपुर मै उत्कृष्ट
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नं. २ स्थित श्री उदय माध्यमिक विद्यालय बंककी छात्रा बिमला कुमारी भट्टले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेकी छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजा अनुसार उनले ३.७१ जीपीए (GPA) प्राप्त गर्दै कृष्णपुर नगरपालिका भरिमै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन्।

विद्यालयको कक्षा १२ को परीक्षामा कुल ३७ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये १८ जना विद्यार्थीहरू परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएका छन्। नगरपालिका क्षेत्रमै उत्कृष्ट जीपीए ल्याएर प्रथम हुन सफल बिमलाको यस उपलब्धिलाई विद्यालय, परिवार, अभिभावक तथा स्थानीय बासिन्दाहरूले उत्साहका साथ लिएका छन्।

यस गौरवपूर्ण नतिजाले श्री उदय माध्यमिक विद्यालय बंकको शैक्षिक साखलाई थप उचाइमा पुर्याएको छ। विद्यालयले आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउँदै लैजाने र उत्तीर्ण विद्यार्थीहरूको सुखद भविष्यको कामना गरेको छ।
The post कक्षा १२ को नतिजामा उदय मा.वि.की बिमला कृष्णपुर मै उत्कृष्ट appeared first on .