June 23, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

मजदुर संगठनको पहलमा निःशुल्क आँखा उपचार सेवा र चस्मा वितरण

कञ्चनपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस कञ्चनपुरमा तीन दिनसम्म विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइएको छ।
स्थापना दिवसको पहिलो दिन सडक सुरक्षा तथा ट्राफिक जनचेतना कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
दोस्रो दिन रक्तदान कार्यक्रम तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बलेन्द्रनाथ को आतिथ्यता रहेको थियो। रक्तदान कार्यक्रममा जिल्ला ट्राफिक प्रमुखसहित अन्य १७ जनाले रक्तदान गरेका थिए।
तेस्रो तथा अन्तिम दिन स्वास्थ्य शिविर तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। स्वास्थ्य शिविर कार्यक्रममा कञ्चनपुर जिल्लाको तर्फबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक बहादुर रावत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष डम्मरराज पन्त रहनुभएको थियो। साथै पवनदूत यातायात प्रालिका अध्यक्ष महेश बोहरा, विभिन्न यातायात प्रालिका अध्यक्ष, मजदुर संगठन तथा मजदुर संघका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत संगठनको पहल तथा गेटा आँखा अस्पताल शाखा महेन्द्रनगरको सहयोगमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा चस्मा उपलब्ध गराइएको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष हर्क रावल का अनुसार आज साँझ ७:३० बजे दीप प्रज्वलन कार्यक्रम गरी स्थापना दिवस समारोह सम्पन्न गरिनेछ।
साथै संगठनले आफ्ना संगठित सदस्यहरूको सवारी चालक अनुमति पत्र निःशुल्क नवीकरण गर्दै आएको जानकारी समेत दिएको छ।

The post मजदुर संगठनको पहलमा निःशुल्क आँखा उपचार सेवा र चस्मा वितरण appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.