August 3, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुरमा छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा छाउपडी प्रथा अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक सडक नाटक सम्पन्न गरिएको छ।


उक्त सडक नाटक NNSWA अन्तर्गत सञ्चालित B4G (Basic for Girls) परियोजना तथा वर्ल्ड भिजन को सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा कृष्णपुर क्षेत्रका बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
सडक नाटकमार्फत छाउपडी प्रथाका कारण महिला तथा किशोरीहरूले भोग्नुपर्ने शारीरिक, मानसिक तथा सामाजिक समस्याबारे जानकारी दिँदै यस कुप्रथाको अन्त्य गर्न सबै समुदाय एकजुट हुनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

स्थानीय बासिन्दाहरूले सडक नाटकलाई चासोका साथ अवलोकन गरेका थिए। सहभागीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सोचको विकास गर्न तथा छाउपडी जस्ता कुप्रथा न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Copyright © All rights reserved. | Newsphere by AF themes.