गम्भीर बिरामी शिक्षक वाशुदेव जोशीको उपचारका लागि आर्थिक सहयोगको अपिल
धनगढी । श्री सरस्वती माध्यमिक विद्यालय, गेटा कैलालीका शिक्षक वाशुदेव जोशी गम्भीर बिरामी परेपछि थप उपचारका लागि काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत छन्।
धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो। हाल सिभिल अस्पतालमा उपचार भइरहेको र उपचारका क्रममा अहिलेसम्म ठूलो रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक अभाव देखिएको परिवार तथा शुभचिन्तकहरूले बताएका छन्।
जोशीको स्वास्थ्य अवस्था सुधार तथा उपचारलाई निरन्तरता दिन थप ठूलो रकम आवश्यक परेकाले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ।
सहयोगी मन भएका व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गर्नुका साथै उक्त सहयोगको अपिललाई सामाजिक सञ्जालमार्फत बढीभन्दा बढी शेयर गरी सहयोग पुर्याइदिन परिवार, आफन्त तथा शुभचिन्तकहरूले आग्रह गरेका छन्।
‘तपाईंको सानो सहयोगले पनि गम्भीर अवस्थामा रहेका शिक्षक जोशीको उपचारमा ठूलो राहत पुग्न सक्छ।’
सहयोग का लागि कमेन्ट बक्स मा दिएको qr मा पठाउन अनुरोध गरेको छ ।
