कञ्चनपुरमा महाकाली नदीमा गाई तार्ने क्रममा बेपत्ता भएका पुरुषको श’व फेला
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ मालिका टोलस्थित महाकाली नदीमा गाई तार्ने क्रममा बगेर बेपत्ता भएका एक स्थानीयको शव करिब आठ घण्टाको प्रयासपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सोमबार बिहान करिब ९:२० बजेको समयमा महाकाली नदीको टापुतर्फ गाई तार्दै गर्दा अन्दाजी ५० वर्षीय जित दमाई नदीको तीव्र बहावमा परी बेपत्ता भएका थिए। घटनाको खबर पाए लगत्तै सुरक्षाकर्मीहरू आवश्यक उद्धार सामग्रीसहित तत्काल घटनास्थलमा परिचालन भएका थिए।
व्यापक खोज तथा उद्धार अभियान चलाउने क्रममा बेपत्ता भएका दमाईको शव घटना स्थलबाट करिब एक किलोमिटर तल दोधारा चाँदनी-५ सुर्खेती टोल नजिक महाकाली नदीको किनारमा साँझ ५:२० बजे फेला परेको प्रहरीले जनाएको छ। शव भेटिएसँगै प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार पार्ने काम अघि बढाइसकेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।
The post कञ्चनपुरमा महाकाली नदीमा गाई तार्ने क्रममा बेपत्ता भएका पुरुषको श’व फेला appeared first on .
