नेपाल वादोरियो कराते डो. संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न
धनगढी: नेपाल वादोरियो कराते डो. संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज मिति २०८३ साल असोज १ गते एक भव्य समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। प्रदेशभरका खेलप्रेमी, खेलाडी र पदाधिकारीहरूको उत्साहजनक सहभागितामा यो ऐतिहासिक अधिवेशन सम्पन्न गरिएको हो।
उक्त उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री सन्तोष शर्मा (थापा) ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, नेपाल वादोरियो कराते डो. संघका केन्द्रीय अध्यक्ष तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण के.सी. को विशिष्ट आतिथ्यता रहेको थियो। उहाँहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि रूपक सदाशंकरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा योशदा थापा, सचिवमा गजेन्द्र लुहार, सहसचिवमा जनक आउजी र कोषाध्यक्षमा लाल बहादुर साउद चयन हुनुभएको छ।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा अञ्जली उपाध्याय, सुरेन्द्र खड्का, रेखा तिरुवा, दिपेश वि.सी., अर्जुन सिंह बोहरा, सुरेन्द्र सिंह ठगुन्ना र जित बहादुर करिया कंग्रहवा रहनुभएको छ भने संघको सल्लाहकारमा मदन भुल चयन हुनुभएको छ। कार्यक्रमका अन्तमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
The post नेपाल वादोरियो कराते डो. संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न appeared first on .
