June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

घोटैली गोत्यार समाजको चौथो केन्द्रीय महाधिवेशन बासगढीमा सम्पन्न, फिरु घोटैली सर्वसम्मत अध्यक्ष चयन

बर्दियाको बासगढीमा घोटैली गोत्यार समाजको चौथो केन्द्रीय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र रुपन्देही लगायत विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको उक्त अधिवेशनमा आपसी समझदारीका आधारमा नयाँ नेतृत्व चयन गरिएको छ।
कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव बुद्धिराम चौधरीले गरेका थिए भने अध्यक्षता फिरु घोटैलीले गरेका थिए। महाधिवेशनबाट फिरु घोटैली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा राज बहादुर घोटैली, उपाध्यक्षमा प्रकाश घोटैली, महिला उपाध्यक्षमा बिना घोटैली, महासचिवमा बुद्धिराम घोटैली र सचिवमा सन्तोष घोटैली चयन भएका छन्। कुल २७ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
समाजका सदस्यहरूबीच भेटघाट, आफन्त चिनजान तथा नातागोता भित्र वैवाहिक सम्बन्ध नहोस् भन्ने मुख्य उद्देश्यसहित यस्तो सम्मेलन आयोजना गरिने गरिएको आयोजकले जनाएको छ।
आगामी पाँचौं केन्द्रीय महाधिवेशन लुम्बिनी प्रदेशको बाँकेमा आयोजना हुने निर्णय समेत गरिएको छ। हिजो भएको महाधिवेशन बासगडी मा बसोबास गर्ने घोटैली समाज ले उक्त कार्यक्रम गरेका थिए ।

The post घोटैली गोत्यार समाजको चौथो केन्द्रीय महाधिवेशन बासगढीमा सम्पन्न, फिरु घोटैली सर्वसम्मत अध्यक्ष चयन appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.