June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै ट्रेड युनियन आक्रोशित

नेपाल ट्रेड युनियन महासंघले सरकारले लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थामाथि असर पर्ने गरी ट्रेड युनियन अधिकार र जनजीविकासँग सम्बन्धित विषयमा पछिल्ला गतिविधि अघि बढाएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघले संसद् बैठक स्थगित गरेर एकतर्फी ढंगले अध्यादेशमार्फत कानुन निर्माण गर्ने प्रक्रियालाई अलोकतान्त्रिक भन्दै विरोध जनाएको छ। साथै, निजामती क्षेत्रमा ट्रेड युनियन गठनसम्बन्धी प्रावधान हटाउने प्रयास, त्रिपक्षीय संरचनामा श्रमिक प्रतिनिधित्व कमजोर पार्ने निर्णय तथा राजनीतिक नियुक्तिका आधारमा संरचना खारेज गर्ने कदमप्रति असहमति व्यक्त गरिएको छ।
यसैगरी, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्था नगरी उठीवास लगाउने कारबाहीको पनि महासंघले विरोध गरेको छ।
महासंघले सरकारलाई नेपालको संवैधानिक व्यवस्था, ट्रेड युनियनका आधारभूत मान्यता र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का प्रतिबद्धता पालना गर्न आग्रह गरेको छ। अन्यथा, यसले दीर्घकालीन गम्भीर असर पार्ने चेतावनी समेत दिएको ।हरेक क्षेत्रमा मजदुर ले आआफ्ना हकहितका लागि एकजुट भएर आन्दोलन गर्न नसक्ने किसिम ले मजदुरका हकहित लाई कुन्ठित पाने उदेश्य ले यस्तो कदम चाल्दै गएको दाबी गरिएको छ यो तानाशाही को अन्त्य भैसके पश्चात् पुन सोही दिसातर्फ सरकार लागी परेको देखिन्छ।

The post लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै ट्रेड युनियन आक्रोशित appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.