भाडादर उल्लंघन रोक्न यातायात प्रा.लिको सार्वजनिक सूचना
सुदूर सुदूरपश्चिम यातायात प्रा.लि.ले नेपाल सरकारले हालै निर्धारण गरेको सार्वजनिक सवारी भाडादर अनुसार मात्रै सेवा सञ्चालन गर्न सम्पूर्ण व्यवसायी तथा मजदुरलाई निर्देशन दिएको छ। इन्धन मूल्य वृद्धिपछि सरकारले समायोजन गरेको नयाँ भाडादरभन्दा बढी रकम असुलिएको गुनासो बढेपछि प्रा.लिले सूचना जारी गर्दै नियमविपरीत भाडा नलिन चेतावनी दिएको हो।
विशेषगरी लम्कि–टिकापुर रुटमा सरकारले निर्धारण गरेको भाडा रु ५७ मात्रै रहे पनि केही सवारी साधनले यात्रुसँग रु ७० सम्म असुलिरहेको गुनासो आएको बताइएको छ। यस्तै अन्य रुटमा पनि केही गुनासो आउने गरेको पाइन्छ प्रा.लि ले यस्तो कार्य नियमविपरीत भएको उल्लेख गर्दै तोकिएको दरभन्दा बढी भाडा नलिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
त्यसैगरी, इभी (विद्युतीय) सवारी साधनको भाडादर हालसम्म वृद्धि नभएको भन्दै यात्रुसँग पुरानै दर अनुसार भाडा लिन समेत निर्देशन दिइएको छ। अन्य प्रा लि हरुले पनि बढी भाडा लिदै आएको र अरु प्राली ले बढी भाडा लिदै गर्दा हाम्रो प्राली मा आवद्ध भएका यातायात ब्यबसायी र मजदुर ले त्यस्तो नगर्न अनुरोध गरिएको छ ।
प्रा.लिका कार्यालय प्रमुख देविलाल जोशीद्वारा हस्ताक्षरित सूचनामा तोकिएको भाडादरभन्दा बढी रकम असुलिएको पाइए सम्बन्धित व्यवसायी स्वयं जिम्मेवार हुने र आवश्यक कारबाही समेत हुन सक्ने उल्लेख गरिएको
The post भाडादर उल्लंघन रोक्न यातायात प्रा.लिको सार्वजनिक सूचना appeared first on .