June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

माटोको ढिस्कोले पुरिदा कञ्चनपुरमा एकजनाको गयो ज्या!न

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं. ४ मा रहेको ईटाहा मेला हुने स्थानदेखि दक्षिणतर्फ घर लिप्ने माटो निकाल्ने क्रममा एक महिलाको ज्यान गएको छ भने अर्की एक महिला घाइते भएकी छन्।

सानो कच्ची झुप्रो नै भएपनि घरलाई सजाएर लिपपोत गरी सुन्दर बनाउने सपना थियो, त्यसैका लागि गाउँघरको परिवेश, दुई महिला र दुई पुरुष डल्लफ गाडा लिएर बिहान ७ नबज्दै नजिकैको नदी किनारको माटो खनेर ल्याउने गरेको ठाउँतर्फ गफगाफ गर्दै माटो लिन गएका थिए । तर उनलाई के थाहा, तेही माटोको खाडलमा नै उनीहरूमध्ये एकजनाको जिन्दगीको अन्तिम सास रोकिनेछ भनेर, क्षणभरमै माटो खनेर निकाल्दा निकाल्दै बितिरहेको सामान्य समयका बीच शोकको यती गहिरो खाडल बन्नेछ भनेर ।

​यो मर्माहत र दर्दनाक घटना कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ को हो। जहाँ प्रसिद्ध ईटाहा मेला लाग्ने स्थानदेखि केही दक्षिणतर्फ हरेक वर्षजस्तै यसपटक पनि उनी घर लिपपोतका लागि माटो निकाल्न पुगेका थिए। ग्रामीण परिवेश, गफ गाफ गर्दै महिलाहरू माटो खनिरहेका थिए। भने पुरुषहरू माटोलाई डल्लप गाडामा चढाइरहेका थिए । तर, नियतिले अर्कै खेल रचिरहेको थियो। अचानक माथिबाट माटोको एउटा ठुलो ढिस्को खस्यो र त्यहाँ को सामान्य वातावरण एकाएक कोलाहल र चित्कारमा बदलियो।

​ढिस्कोले पुरिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ निवासी ३८ वर्षीया हर दुलिय रानाको घटनास्थलमै दुःखद ज्यान भयो। माटो खस्ने बित्तिकै त्यहाँ भएका अरूले आफ्नो ज्यानको बाजी थापेर तत्कालै माटो पन्छाउन सुरु गरे। उनीहरूले हर दुलियलाई जीवितै बाहिर निकाल्ने अथक प्रयास त गरे, तर सोचेजस्तो भएन। माटोको भारी यति क्रूर बनिदियो कि उनले घटनास्थलमै अन्तिम सास फेरिसकेकी थिइन्। आफ्नो घर चम्काउने सपना बोकेकी एउटी आमा, एउटी श्रीमती सधैँका लागि अस्ताइन्।

​तर बज्रपात यतिमै रोकिएन। सोही दुर्घटनामा परेर सुन्द राना नाम गरेकी अर्की महिला पनि गम्भीर रूपमा घाइते भइन्। माटोको भयानक चापले उनको एउटा खुट्टा भाँच्चिएको छ। अहिले उनलाई उद्धार गरी तत्कालै नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याइको छ ।

​घटनालगत्तै सुरक्षाका लागि प्रहरी टोली पनि त्यहाँ पुग्यो। कानुनी प्रक्रिया र शवको मुचुल्का उठाउँदै प्रहरीले घटनाको थप अनुसन्धान त अघि बढाएको छ। ग्रामीण भेगमा परम्परागत रूपमा, बिनाकुनै सुरक्षा सजगता यसरी माटो खन्ने क्रममा हरेक वर्ष कयौँ नेपाली दिदीबहिनीहरूले अकालमै ज्यान गुमाउनु परिरहेको हुन्छ। माटो खनेर घर सुन्दर बनाउने यो परम्परामा केही सावधानी र सजगता नअपनाउँदा यस्ले गरिब र सोझा नागरिकका लागि मृत्युको पासो बनिरहेको छ ।

The post माटोको ढिस्कोले पुरिदा कञ्चनपुरमा एकजनाको गयो ज्या!न appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.