June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

गंगा दशहरा मेलामा श्रद्धालुका लागि निशुल्क बस सेवा सञ्चालन

गंगा दशहरा मेलामा श्रद्धालुका लागि निशुल्क बस सेवा सञ्चालन
धनगढी । गंगा दशहरा मेलाको अवसर पारेर सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि.ले यस वर्ष पनि श्रद्धालुहरूका लागि निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। कम्पनीले मिति २०८३/०२/१२ गते धनगढीको क्याम्पस रोडदेखि बेहडाबाबा मन्दिरसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने जानकारी उक्त प्रालिका अध्यक्ष पदमराज सपकोटा बताए ।हरेक बर्स लाग्ने उक्त धार्मिक मेलामा सधै निशुल्क सेवा प्राली ले दिदै आएको छ ।
मेलामा सहभागी हुने धर्मावलम्बी तथा सर्वसाधारणलाई सहज यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिएका छन्। उनले सम्पूर्ण श्रद्धालुहरूलाई उक्त सेवाको लाभ लिन अनुरोध समेत गरेका छन्।
यसैबीच, सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि. अन्तर्गत विशेषगरी धनगढी–टीकापुर–राजापुर रुटमा सञ्चालन भइरहेका केही बस व्यवसायीहरूले व्यक्तिगत पहलमा ज्येष्ठ नागरिकका लागि एक सिट निशुल्क व्यवस्था गर्दै आएको जानकारी पनि सार्वजनिक गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यलाई यात्रुहरूले सकारात्मक रूपमा लिएका छन्।

The post गंगा दशहरा मेलामा श्रद्धालुका लागि निशुल्क बस सेवा सञ्चालन appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.