June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कर्णाली चिसापानीमा इभि गाडी र ट्रक ठोक्किँदा दुर्घटना, चालकसहित केही यात्रु घाइते

लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने कर्णाली चिसापानी क्षेत्रमा ट्रक र इभि गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
प्राप्त जानकारी अनुसार धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको सु.प. प्र. ०२–००१ ज ५२५ नं. को इभि गाडी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ७५९७ नं. को ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित केही यात्रु घाइते भएका छन्। घाइतेहरूको उपचार तथा अवस्था सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।
सम्बन्धित निकायले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

The post कर्णाली चिसापानीमा इभि गाडी र ट्रक ठोक्किँदा दुर्घटना, चालकसहित केही यात्रु घाइते appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.