कृष्णपुरमा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर: शनिबार देखी कृष्णपुर नगरपालिका वडा नं. ०२ को आयोजनामा प्रथम कृष्णपुर नगरपालिका वडा नं. ०२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ।

हाम्रो गोल लागू औषध विरुद्धको गोल भन्ने मुल नाराका साथ प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। कार्यक्रममा सभाअध्यक्ष कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, प्रमुख अतिथी सुप सरकारका समाजिक विकास मन्त्री झपट बहादुर साउद, विशिष्ट अतिथि प्रदेश सभा सदस्य गिता चौधरी रहेका थिए।

हामीले चुनावकै बेला जनतासग गरेको बाचा अनुरुप पहिलो बर्ष खेलकुद मैदान नहुँदा खेल संचालन गर्न सकेनौँ दोस्रो बर्ष खेलकुद मैदान बनाएर यो प्रतियोगिता संचालन गर्न सफल भएको ग्रामिण भेगको खेलकुद बृद्धि विकासका साथै लागु औषध दुव्र्यसनीका रहेका किशोर युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणमा जुटाईने वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।

प्रथम वडा अध्यक्ष कप फुटबल का कार्यक्रम संयोजक जित बहादुर चौधरीले प्रतियोगिता मा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम सहभागि भएको बताएका छन्।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताका उत्कृष्ठ खेलाडी, बेष्ट किपर, डिफेन्सरलाई समेत पुरस्कार प्रदान गरिनेछ। उद्घाटन समारोह को उद्घोषण हेमन्त रानाले गरेका थिए। प्रतियोगिताको फाईनल खेल पुस ६ गते दिउँसो १ बजे हुनेछ।

Facebook Comments Box