प्राकृतिक सौन्दर्यले भरिपुर्ण कैलाली को ‘कोल्मुडा’ ; गर्मी मा गन्तव्य बन्दै

सुन्दर पश्चिम: कंचनपुर को कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरिया बजार, वडा नं. ४ किचाई मालुबेला, गोदावरी नगरपालिका मालाखेती वडा नं. १०, ११ दमौरा हुँदै करिब १ घण्टा मा पुगिन्छ, गोदावरी नगरपालिका वडा नं. १२ को रमणीय स्थान कोल्मुडा ! कैलाली र कंचनपुरका विभिन्न ठाउँहरु र अन्य ठाउहरुबाट आउने पर्यटकका लागि समेत गर्मी छल्ने उपयुक्त ठाउँ हो, कोल्मुडा ।

गर्मी मौसम मा सुन्दर पश्चिम को तराई जिल्लाहरु कैलाली, कंचनपुरमा अत्याधिक गर्मी हुदा यहाँका स्थानीय गर्मी छ्ल्न धनगढी महेन्द्रनगर सहरका मानव निर्मित स्विमिङ पुल मा पौडी खेल्न जाने गरेका छन् तर प्राकृतिक सौन्दर्य ले भरिपुर्ण रहेको गोदावरी १२ मा रहेको पर्यटकिय स्थल कोल्मुडामा आकर्षक झोलुङ्गे पुल, चिसो हावा, हरायाली वातावरण, मनमोहक पहाड,ताल र खोलाहरु अबलोकन गर्न सकिन्छ।

प्राकृतिक सौन्दर्य ले भरिपुर्ण ठाउँ भएतापनी, व्यवस्थापन को कमि अझै छ कोल्मुडा मा; प्रचारप्रसार को कमिले पछि ओझेलमा परेको यो ठाउँ गोदावरी नगरपालिका कार्यालय, गोदावरी वडा नं. १२ कार्यलय र सुप प्रदेश सरकारले संरक्षण, सम्बर्द्धन गर्ने सके बाह्य पर्यटकहरुको रोजाईको स्थान”कोल्मुडा” बन्नेमा कुनै दुईमत छैन । सार्वजनिक विदा र शनिबारको दिन गर्मी छल्न र अबलोकन गर्ने पर्यटकहरुको घुईचो रहेको स्थानीय बासिन्दा बताउँछन् ।

स्थानीय सरकारले चासो दिए कोल्मुडा क्षेत्रका स्थानीयहरुको आयआर्जन बढ्ने र स्थानिय ठाउँको समेत पहिचान बढ्ने, अतरिया बाट कोल्मुडा घुम्न आएका पर्यटकहरु बताउँछन् ।

Facebook Comments Box