July 12, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

सिमाना पारिको ‘नेटवर्क’ देखि घरको कोठासम्म: कैलाली-कञ्चनपुरमा एकैदिन १५ जना समातिँदा, अभिभावक सचेत बन्नुहोस्..

कञ्चनपुर: सुदूरपश्चिमको तराई क्षेत्र यतिबेला लागूऔषधको गम्भीर दलदलमा फस्दै गएको छ। सिमाना पारिबाट भित्रिने घा”तक रासायनिक पदार्थ र सुदूरपश्चिमकै दुर्गम पहाडी क्षेत्रहरूमा गाँजाबाट उत्पादन गरिने लागू पदार्थको दोहोरो चेपुवामा कैलाली र कञ्चनपुर परिरहेका छन्। यही भ”यावह अवस्थालाई चि”र्न प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।

सोही क्रममा असार २७ गते शनिबारका दिन विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एकै दिन १५ जना पक्राउ परेपछि यसको आन्तरिक र सीमापारिको संजालमाथि प्रहरीले निगरानी बढाएको छ। पक्राउ परेकाहरूमा १३ जना वयस्क र दुई जना किशोर रहेका छन्। यो घटनाले सुदूरपश्चिममा लागूऔषधको प्रभाव कति गहिरोसँग फैलिरहेको छ भन्ने कुरालाई पुनः सतहमा ल्याइदिएको छ।

​आखिर अहिलेका युवाहरू किन यसरी लागू पदार्थको घा”तक चक्रव्यूहमा फ”सिरहेका छन् त ? यसको मुख्य कारण बदलिँदो सामाजिक परिवेश, बेरोजगारी र भविष्यप्रतिको अन्योलता नै हो। शैक्षिक योग्यता भएर पनि रोजगारी नपाउँदा उत्पन्न हुने मानसिक तनाव र डिप्रेसनलाई भुल्न धेरैजसो युवाहरू सुरुमा साथीभाइको लहलहै वा उत्सुकताका कारण कु”लतको बाटो रोज्ने गर्छन्। डिजिटल प्रविधिको दुरुपयोग र सञ्जालमा हुने गलत साङ्गतिक प्रभावले पनि उनीहरूलाई यस दलदलतर्फ धकेलिरहेको छ। पारिवारिक कलह, अभिभावकको पर्याप्त समय र मायाको अभाव, तथा एक्लोपन महसुस हुनुले पनि युवाहरूलाई क्षणिक आनन्दका लागि लागू पदार्थको सहारा लिन बाध्य पारिरहेको छ, जसले बिस्तारै उनीहरूको जीवन नै समाप्त पारिदिन्छ।

​यो अदृश्य महामा”रीबाट आफ्ना छोराछोरी र समाजलाई जोगाउन अब ठोस र व्यावहारिक उपायहरू बेलैमा चाल्नु अनिवार्य भइसकेको छ। पहिलो र सबैभन्दा प्रभावकारी कदम भनेको पारिवारिक सचेतता नै हो । अभिभावकहरूले आफ्ना सन्तानको फेरिँदो व्यवहार, खर्च गर्ने शैली र साथीभाइको सङ्गतमाथि निरन्तर तर आत्मीय निगरानी राख्नुपर्छ। विद्यालय र कलेज स्तरदेखि नै लागूऔषध विरुद्धको विशेष काउन्सिलिङ र जनचेतनामूलक कक्षाहरू सञ्चालन गरिनुपर्छ।

​यसका साथै, कुल”तमा फसिसकेका युवाहरूलाई अपराधीको नजरले हेरेर जेल कोच्नुभन्दा उनीहरूलाई व्यवस्थित पुनर्र्स्थापना केन्द्र (सुधार गृह) मा पठाई उचित उपचार र मानसिक परामर्श दिनु आवश्यक छ। राज्य र स्थानीय तहले युवाहरूलाई सिर्जनशील काम, खेलकुद र व्यावसायिक सीपमूलक तालिममा व्यस्त गराई रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ। जबसम्म युवाहरूको ऊर्जालाई सही दिशामा मोड्न सकिँदैन र सिमानाका अवैध रुटहरूमा कडा प्राविधिक निगरानी राखिँदैन, तबसम्म यो समस्याको दीर्घकालीन समाधान सम्भव छैन।

Copyright © All rights reserved. | Newsphere by AF themes.