August 11, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुर–१ मा पाँचौँ राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कृष्णपुर, कञ्चनपुर । पाँचौँ राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। वडास्तरीय वैजनाथ बाल क्लबको आयोजना तथा NNSWA र World Vision को आर्थिक तथा प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो।


प्रतियोगितामा कृष्णपुर क्षेत्रका पाँचवटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा केदार पब्लिक स्कुलकी छात्रा विनिता धामी प्रथम हुन सफल भएकी छन्। त्यस्तै, रौलेश्वर आधारभूत विद्यालयका छात्र प्रवेश माली द्वितीय र केदार पब्लिक स्कुलकै छात्र प्रदीप भट्ट तृतीय भएका छन्।


वैजनाथ बाल क्लबले हरेक वर्ष राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा विभिन्न रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ। क्लबले बालबालिकाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा रहेका विभिन्न विकृति तथा समस्याविरुद्ध जनचेतना फैलाउने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।


बालबालिकाको क्षमता, प्रतिभा र नेतृत्व विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ।

 

Copyright © All rights reserved. | Newsphere by AF themes.