August 16, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

मानव सेवाको अभियानमा बैतडी समाज कैलाली, ८१ जनाले गरे रक्तदान

धनगढी । बैतडी समाज कैलालीको आयोजनामा आज आयोजित १८औँ संस्करणको ‘रक्तदान महोत्सव’ उत्साहजनक जनसहभागिताका साथ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने ४९ जनासहित कुल ८१ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आयोजकले उच्च सम्मानसहित हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सामाजिक मनहरूलाई समेत आयोजकले धन्यवाद ज्ञापन गरेको छ।
कार्यक्रममा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको नवजीवन अस्पताल प्रा.लि. तथा समृद्धि डेन्टललाई विशेष धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रममा बैतडी समाज कैलालीका अध्यक्ष गजेन्द्र वीर चन्द र कार्यक्रम संयोजक वीरबहादुर महरा लगायत बैतडी समाज कैलाली परिवारको सहभागिता रहेको थियो। बिगत मा पनि यस्ता कार्यहरू मा सधै उलेख्य उपस्थिति रहेको पाइन्छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.