कञ्चनपुर जिल्ला तेक्वान्दो संघ तदर्थ समितिको आयोजनामा ग्रेडिङ परीक्षा कार्यक्रम सम्पन्न
महेन्द्रनगर — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कञ्चनपुर जिल्ला तेक्वान्दो संघ तदर्थ समितिको आयोजनामा विशेष ग्रेडिङ परीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रातो कालो पेटी, कालो पेटी प्रथम डान तथा कालो पेटी दोस्रो डानका लागि आयोजित यस ग्रेडिङ परीक्षाले जिल्लामा तेक्वान्दो खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण टेवा पुर्याएको छ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका पदाधिकारीहरू, डोजाङ प्रशिक्षकहरू, राष्ट्रिय तथा पूर्व खेलाडीहरूका साथै विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल तेक्वान्दो संघका तर्फबाट गरिएको थियो भने उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरूलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गरिएको थियो।
तेक्वान्दो खेलसम्बन्धी आयोजित यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व बासुदेव घिमिरेले गर्नुभएको थियो भने भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष शक्ति पन्त विष्ट, जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष राजेन्द्र केसी, निवर्तमान सल्लाहकार पुष्पराज पाण्डे, जनज्योति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख वीरेन्द्र सिंह साउद र वडा नम्बर २ का अध्यक्ष उत्तम भट्टको उपस्थिति रहेको थियो।
साथै, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का पूर्व अध्यक्ष एवं पूर्व खेलाडी जगत सिंह, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका सचिव लोग बहादुर बुढा, दोधरा चाँदनी नगर तेक्वान्डोका उपाध्यक्ष राजू कुमाल, जिल्लाभरिका सम्पूर्ण डोजाङ प्रमुखहरू पनि अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालनको जिम्मेवारी भने जिल्ला तेक्वान्दो तदर्सथ समितिका सदस्य रमेश धानुकले पूरा गर्नुभएको थियो।
कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा विभिन्न चरणमा मन्तव्य तथा स्वागत मन्तव्य व्यक्त गरिएको थियो। यस किसिमका खेलकुद तथा ग्रेडिङ परीक्षा कार्यक्रमहरूले खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै उनीहरूको शारीरिक तथा मानसिक स्फूर्ति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
The post कञ्चनपुर जिल्ला तेक्वान्दो संघ तदर्थ समितिको आयोजनामा ग्रेडिङ परीक्षा कार्यक्रम सम्पन्न appeared first on ✍️कञ्चन मिडिया📸.
