June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

यातायात व्यवस्था विभागको कडा निर्देशन : मापदण्ड विपरीत हेडलाइट र हर्न प्रयोग गरे कारबाही हुने

नेपाल सरकार, यातायात व्यवस्था विभागले सवारी साधनमा जडान गरिने हेडलाइट तथा हर्न सम्बन्धी नयाँ/पुनःस्मरण सूचना जारी गर्दै मापदण्ड विपरीत प्रयोग नगर्न आग्रह गरेको छ। विभागका अनुसार उत्पादक कम्पनीले तोकेको प्राविधिक मापदण्डभन्दा बाहिर गएर जडान गरिएका बत्ती तथा हर्नका कारण दुर्घटना जोखिम बढ्ने र अन्य चालक तथा पैदल यात्रुलाई असर पर्ने देखिएको छ।
सूचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४ अनुसार कार्यालयको स्वीकृतिबिना हेरफेर गर्न नपाइने उल्लेख गरिएको छ। हेडलाइटको प्रकाश तीव्रता तोकिएको सीमा भित्र हुनुपर्ने र आफूखुसी अत्यधिक उज्यालो बत्ती प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ।
त्यस्तै हर्नको आवाज पनि न्यूनतम ९० DB देखि अधिकतम ११२ DB भित्र हुनुपर्ने उल्लेख गर्दै प्रेसर हर्न तथा अन्य अनधिकृत हर्न प्रयोग नगर्न विभागले चेतावनी दिएको छ।
विभागले मापदण्ड विपरीत बत्ती तथा हर्न जडान गरी सवारी सञ्चालन गरेको पाइए प्रचलित कानुन अनुसार कडा कारबाही गरिने जनाएको छ। तर केही चालक ले भने फरक व्यख्या गरेका छन नेपाल को बाटो मा यात्रु ले हिन्न जान्दैनन जहाँ पायो त्यही बाटो काट्ने गरेको पाइन्छ र हर्न को आवस्यकता एकदमै रहेको पाइएको छ ।बजार एरिया मा भने निषेध नै गर्नु पर्छ तर अन्य बाटो मा भने हर्न आवस्यक रहेको बताउछ्न ।पहाडी रुटमा हर्न बजाउन अनुमती बोर्ड नै लगाइएको पाइन्छ भने टिटि हर्न को पहाडी बाटो मा बजाउनु को अर्थ नहुने बताए अर्को तर्फ सवारी हेडलाइट सन्दर्भमा एम्बुलेन्स मा प्रयोग भएका अनावश्यक लाइट हटाउनु पर्ने बताए ।

The post यातायात व्यवस्था विभागको कडा निर्देशन : मापदण्ड विपरीत हेडलाइट र हर्न प्रयोग गरे कारबाही हुने appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.