June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

जिम हाउस तेक्वान्दो डोजाङका खेलाडीहरूलाई पेटी र प्रमाणपत्र प्रदान; खेल सम्बन्धी आवश्यक जानकारी र परामर्श दिइयो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ मा अवस्थित जिम हाउस तेक्वान्दो डोजाङका बाल खेलाडी (नानीबाबुहरू) लाई एक संक्षिप्त भेटघाट तथा अनौपचारिक कार्यक्रमका बीच पेटी (बेल्ट) र प्रमाणपत्र प्रदान गरिएको छ।  खेलाडीहरूको हौसला बढाउन उक्त कार्यक्रम गरिएको हो।

​डोजाङको अवलोकन तथा भ्रमणका क्रममा कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह र कञ्चनपुर जिल्ला तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष चक्र बहादुर मिश्रको हातबाट खेलाडीहरूलाई प्रमाणपत्र तथा पेटीहरू हस्तान्तरण गरिएको थियो।

​कुनै औपचारिक तामझाम बिना नै सहज र आत्मीय वातावरणमा सम्पन्न सो अवसरमा उहाँहरूकै हातबाट जुनियर विधाका खेलाडीहरूलाई ‘कलर पेटी’ तथा सिनियर विधातर्फ ब्ल्याक बेल्ट प्रथम डन (First Dan) र ब्ल्याक बेल्ट सेकेन्ड डन (Second Dan) हासिल गरेका खेलाडी नानीबाबुहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

​प्रमाणपत्र वितरणसँगै उपस्थित खेल नेतृत्वद्वय सिंह र मिश्रले खेलाडी नानीबाबुहरूलाई तेक्वान्दो खेलको महत्त्व, खेल अनुशासन, प्राविधिक पक्ष र आगामी दिनमा खेल क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेबारे अति उपयोगी एवं आवश्यक जानकारीहरू प्रदान गरेका थिए। अतिथिहरूले दिएको उक्त खेल सम्बन्धी परामर्श र मार्गनिर्देशनले बाल खेलाडीहरूमा थप ऊर्जा र उत्साह थपेको डोजाङमा सञ्चालक हेम बहादुर बस्नेतको जनाएका छन।

The post जिम हाउस तेक्वान्दो डोजाङका खेलाडीहरूलाई पेटी र प्रमाणपत्र प्रदान; खेल सम्बन्धी आवश्यक जानकारी र परामर्श दिइयो appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.