June 24, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

धनगढीका होटल तथा लजमा प्रहरी छापा, २४ जना नियन्त्रणमा

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा प्रहरीले होटल तथा लज लक्षित विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको कमाण्डमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म अभियान सञ्चालन गरिएको हो। १७ सदस्यीय प्रहरी टोलीले विभिन्न होटल तथा लजहरूमा अनुगमन तथा चेकजाँच गरेको प्रहरीले जनाएको छ।

अभियानका क्रममा ११ जना महिला र १३ जना पुरुष गरी कुल २४ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली मा लगिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमाथि हाल सोधपुछ तथा अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले धनगढी क्षेत्रका होटल तथा लजमा अनियमित गतिविधि हुन सक्ने आशंकामा नियमित अनुगमनलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

The post धनगढीका होटल तथा लजमा प्रहरी छापा, २४ जना नियन्त्रणमा appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.