June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

रास्वपाको केन्द्रीय सदस्यमा बैतडीका समाजसेवी वीर बहादुर विष्ट (विनोद) को उम्मेदवारी

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि बैतडीका समाजसेवी युवा वीर बहादुर विष्ट (विनोद) ले उम्मेदवारी घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका विष्ट लामो समयदेखि रोजगारीका सिलसिलामा भारतमा रहे पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। विभिन्न सामाजिक तथा मानवीय गतिविधिमार्फत जनतामाझ सकारात्मक छवि बनाएका उनले युवाको नेतृत्व विकास, संगठन सुदृढीकरण तथा सुदूरपश्चिमका जनताका मुद्दालाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
विष्टले पार्टीको सिद्धान्त, सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सुदूरपश्चिमको प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। साथै उनले पार्टीका प्रतिनिधि तथा सदस्यहरूलाई आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन्।
बैतडीबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने उद्देश्यसहित मैदानमा उत्रिएका विष्टको उम्मेदवारीलाई सुदूरपश्चिमका युवा तथा रास्वपा कार्यकर्ताहरूले चासोका साथ हेरिरहेका छन्। सामाजिक सेवामार्फत जनविश्वास बनाएका विष्ट विजयी भए सुदूरपश्चिमको आवाजलाई थप सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।
हाल रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाइरहेका छन्।

The post रास्वपाको केन्द्रीय सदस्यमा बैतडीका समाजसेवी वीर बहादुर विष्ट (विनोद) को उम्मेदवारी appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.