September 21, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

श्री एकता बहुउद्देशीय कृषि सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न

कञ्चनपुर — “कृषि सहभागिता, विविधतामा एकता” भन्ने मुख्य नाराका साथ स्थापित श्री एकता बहुउद्देशीय कृषि सहकारी संस्था लि., कृष्णपुर नगरपालिका वडा नं. १, बण्ड/निगाली, कञ्चनपुरको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आज एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

​कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित यस कार्यक्रममा संस्थाका कुल ३०८ जना शेयर सदस्यहरूमध्ये २३६ जना शेयर सदस्यहरूको उत्साहजनक तथा गरिमामय उपस्थिति रहेको थियो। संस्थाका शेयर सदस्य विनोद सिंह धामीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेत, सहकारी शाखा प्रमुख हेमन्त राना, कृषि शाखा प्रमुख लाल सिंह धामी, वडा सदस्यहरू लगायत क्षेत्रका विभिन्न समाजसेवी तथा बुद्धिजीवी वर्ग तथा संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

​साधारण सभामा संस्थाको प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी आर्थिक वर्षको नयाँ बजेट तथा कार्ययोजना समेत पारित गरिएको छ। प्रस्तुत विवरण अनुसार यस संस्थाको यस वर्षको आयव्यय ७० लाख रुपैयाँ रहेको छ भने आगामी वर्षको कारोबार तथा लक्ष्यलाई बढाएर १ करोड रुपैयाँभन्दा बढी पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गरिएको छ।

​कार्यक्रमको दोस्रो सत्र अन्तर्गत निर्वाचन प्रक्रियामार्फत नरेन्द्र बहादुर रोकायाको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा केशरी देवी ऐरी, सचिवमा मान बहादुर धामी, कोषाध्यक्षमा भान बहादुर महरा तथा सदस्यहरूमा सुरज महता, बबिता चौधरी, गणेश विष्ट, माया देवी भट्ट, भागरती ढाँट बुढा, हरजित ऐरी र मिना देवी रावत चयन हुनुभएको छ।

​त्यसैगरी, निर्वाचन समितिमार्फत विनोद सिंह धामीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत गठन गरिएको छ, जसका सदस्यहरूमा अमर बहादुर धामी र शारदा देवी बोहरा रहनुभएको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा शेयर सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

समाचारसँग सम्बन्धित अन्य फोटोहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

The post श्री एकता बहुउद्देशीय कृषि सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.