June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

“एक बालबालिका, एक बिरुवा” अभियान अन्तर्गत बण्डटोलमा फलफूलका बिरुवा वितरण।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ स्थित बण्डटोलमा सञ्चालन भइरहेको IPF परियोजनाको SOP मोडल अन्तर्गत दर्ता भएका बालबालिकाहरूलाई “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियानअन्तर्गत फलफूलका बिरुवा वितरण गरिएको छ।जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिको बढ्दो चुनौतीलाई सामना गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याउने र भावी पुस्तालाई प्रकृतिप्रति जिम्मेवार बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVIN) को आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (NNSWA) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा दर्ता भएका बालबालिकाहरूलाई फलफूलका बिरुवाहरू हस्तान्तरण गरी वृक्षारोपण कार्यलाई प्रोत्साहन गरिएको थियो।

कार्यक्रम अन्तर्गत हाल २० जना बालबालिकालाई फलफूलका बिरुवा वितरण गरिएको छ। बाँकी दर्ता भएका अन्य बालबालिकाहरूलाई आगामी असार महिनाभित्र बिरुवा वितरण गरिने आयोजकले जनाएको छ।

यस अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै बालबालिकाहरूमा वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा प्रकृतिको संरक्षणप्रति सकारात्मक सोच र जिम्मेवारीको भावना विकास हुने अपेक्षा गरिएको छ। स्थानीय समुदायले समेत अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले स्वच्छ र हरित वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

The post “एक बालबालिका, एक बिरुवा” अभियान अन्तर्गत बण्डटोलमा फलफूलका बिरुवा वितरण। appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.